+
+

सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली काट्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १४:३४

२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ ।

यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।

केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म विभिन्न स्थानीय तहमा विद्युत् महसुल बक्यौता ६ अर्ब रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढी काठमाडौं उपत्यकाको साढे १ अर्ब रुपैयाँभन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?