+
+

एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १७:३४

काठमाडौं । नेपाली किसानको सहकार्यमा आरजु राइस मिलले बास्नादार चामल बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीले प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सुरू गरेको जानकारी गराएको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ ।

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरूवात घोषणा गरे ।

बस्नेतले भने, ‘हामीले धेरै मिहिनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आम उपभोक्ता माझ पुर्‍याएका छौं ।’

उनले चामलको मूल्य विदेशबाट आयातित चामलको तुलनामा सस्तो हुने समेत जानकारी दिए । आयातित लङग्रेन भन्दा स्वादिस्ट र उच्च एभरेस्ट सुपर लङग्रेन स्टिम र एभरेस्ट लङग्रेन स्टिम (तिब्बर) सार्वजनिक गरेको छ । आयातितको तुलनामा यस चामलको लम्बाइ १७.४६ मिलिमिटर लम्बाइ रहेको छ ।

आरजु राइस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजारभन्दा बढी बिगाहा जग्गामा हजारौं किसानसँग सहकार्य गर्दै आएको छ ।

धान रोपाइँ अगाडि नै स्थानीय किसानका लागि चलनचल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ ।

आरजु राइस मिलले किसानको धानलाई मिलमा आइपुगेको २ दिनभित्रै अनलाइन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?