+
+

प्रधानमन्त्रीको प्रतिरक्षा : कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १८:२५

२३ चैत्र, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुकुल्याण्ड पुस्तकले टेलिकम भ्रष्टाचारका विषयमा उल्लेख गरेका विषय कपोलकल्पित भएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार गोरखामा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले टेलिकमको भ्रष्टाचारमा आफ्नो नाम मुछिएको विषय तथ्यहीन र कपोलकल्पित भएको बताएका हुन् । उनले भने, ‘कुकुल्याण्ड भन्ने पुस्तकमा लेखिएको जस्तो केही पनि होइन । त्यो कपोलकल्पित हो ।’

‘कुकुल्याण्ड’ बेलायती पत्रकार टमले बरजिसको नयाँ किताब हो । जसमा नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?