+
+

एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १०:३७

२५ चैत, काठमाडौं ।  जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुलेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले आज आइतबारदेखि  बैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ नघट्नेगरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ ।

ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?