+
+

एचआईडीसीएलको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १०:३२

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।

साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १७ गतेसम्म कायम सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन् । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?