+
+

एचआईडीसीएलको नाफा ११ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते ९:०७

१५ माघ, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को खुद नाफा ११.४ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष यसै अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेका देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको वित्तीय आम्दानी १ अर्ब ७ करोड रुपैयाँ छ । गत वर्षको यहीं अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो । त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा कन्ट्र्याकवापतको आम्दानी पहिले ४३ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा बढेर १ करोड २३ लाख रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा छ । जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ । कम्पनीको रिटर्न अन इक्वीटी ५.७७ प्रतिशत छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?