+
+

जापानमा नेपाली विद्यार्थी बेपत्ता, खोजीका लागि परिवारको याचना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १२:२६

काठमाडौं । जापानमा अध्ययनरत एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । मकवानपुरको मकवानपुरगढी स्थायी घर भएर जापानमा अध्ययनरत गोबिन्द सापकोटा एक हप्तादेखि जापानमै सम्पर्कविहीन भएका हुन् ।

जापानको क्योटोस्थित ‘आईएसआई भाषा स्कुल’मा अध्ययन सकाएर सापकोटा नागानोस्थित ‘नागानो बिजनेस ल्यांग्वेज कलेज (एनबीएल)’मा स्थानान्तरण गर्न २९ मार्चमा हिँडेका थिए । तर, ३० मार्चदेखि सापकोटा स्कुल, कलेज, घरपरिवार र साथीभाइ कसैको सम्पर्कमा नआएको सापकोटाका मामा कृष्णहरि घिमिरेले जानकारी दिए ।

सापकोटाको मोबाइल पनि बन्द रहेको र हराएदेखि नै सामाजिक सञ्जालहरुमा पनि उनी निष्क्रिय रहेको घिमिरेले बताए । नेपालबाट खोजीका लागि पहल गरेपनि अहिलेसम्म सापकोटाबारेमा कुनै जानकारी पाउन नसक्दा चिन्ता बढेको उनले बताए ।

परिवारजनले सापकोटाको खोजी र आवश्यक पहलका लागि जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र नेपाली समुदायसँग याचना गरेका छन् । सापकोटा सन् २०२२मा अध्ययनका लागि जापान पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?