+
+

इस्लिङ्टन कलेजका १५७ विद्यार्थीलाई ४.५ करोड बराबरको छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १२:३१

काठमाडौं । इस्लिङ्टन कलेजले १५७ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

‘एएए’ छात्रवृत्ति समारोह-२०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल ती विद्यार्थीहरूलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ ।

प्राज्ञिकता, उपस्थिति र हाजिरी तथा आचरणलाई एकै सूत्रमा बाँध्ने यस ‘एएए’ छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ ।

लगभग ४.५ करोड रुपैयाँ पुरस्कारराशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए ।

छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?