+
+

कोइ बिस्ट्रो : एउटै टेबुलमा थरीथरी एसियन व्यञ्जन  

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १८:१२

काठमाडौं । अमिलो, पीरो, नुनिलो, टर्रो । नेपाली जिब्रोले सहजै स्वीकार्ने र रुचाउर्ने स्वाद हुन् यी । यस्तै स्वादका पारखीहरुलाई लोभ्याउने व्यञ्जन हुन्, पान एसियन व्यञ्जन । जस्तो, तोमयाम सुपको कुरा गरौं वा सुसीको । नासी गोरेङको कुरा गरौं वा त ग्योजा चिकेनको । नाम मात्र लिंदा पनि मुखमा पानी आउँछ ।

पान एसियन व्यञ्जन खासगरी पूर्वी र दक्षिणपूर्वी एसियाका विभिन्न पाक परम्परा, स्वाद, प्रविधि र सामग्रीहरु समावेश छन् । यसले चिनियाँ, जापानी, थाई लगायत विशेष परिकारको प्रतिनिधित्व गर्छ । यी सबैका आ–आफ्नै मौलिक परिकार छन् । सबैको अलग–अलग स्वाद छ । मरमसला अलग छ । र, बनाउने विधि पनि अलग छ ।

यद्यपि पान एसियन व्यञ्जनको साझा विशेषता के भने यो धेरै मसलेदार हुँदैन, तारेको–भुटेको हुँदैन । ताजा र कम प्रशोधित छन् । उसिनेको वा बफ्याएका सागसब्जी समावेश हुन्छन् । त्यसैले यी सुपाच्य भोजनको श्रेणीमा पर्छन् ।

यस्तो व्यञ्जन कहाँ चाख्न पाइन्छ त ?

यसका लागि तपाईंको सहज गन्तव्य हुनसक्छ, सिटी स्क्वायर मल । मलको दोस्रो तलामा पुगेपछि तपाईंले भेट्नुहुनेछ– कोइ बिस्ट्रो ।

हालसालै सञ्चालनमा ल्याइएको यस रेष्टुरेन्टले पान एसियन व्यञ्जन पस्किंदै आएको छ । जस्तो थाई स्वादको सामताम सलाद, स्पाइसी डम्पिलिङ्स, जापानी ग्योजा चिकेन, इन्डोनेसियन नासी गोरेङेग, भियतनामी तोमयाम सुप ।

सेफ अनुजकुमार श्रेष्ठ भन्छन्, ‘हामी नेपालीलाई चट्ट अमिलो, पिरो चाहिन्छ । पान एसियन व्यञ्जन यस्तै स्वादका छन् ।’ मरमसला र पाककला नै फरक भएकाले यी व्यञ्जन स्वस्थ्यकर हुने उनको दाबी छ ।

कोइ बिस्ट्रोमा अहिले सबैभन्दा बढी रुचाइनेमा सुसी छ । त्यसो त जापानी सुसी विश्वकै मेनुमा रुचाइने परिकार हो । सुसी पनि केही स्वाद र प्रकारमा उपलब्ध छन् । सुसी अति स्वस्थकर, पोषिलो र सन्तुलित खानाको श्रेणीमा पर्छ । त्यस्तै तोमयाम सुप, उडन नुडल्स ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

स्वाद मात्र होइन, स्वास्थ्य र सरसफाइमा पनि उत्तिकै ध्यान दिने सेफ श्रेष्ठ बताउँछन् । ‘हामी सरसफाइमा एकदमै सजग छौं,’ उनी भन्छन्, ‘कुनै पनि खानेकुरा बासी राख्ने वा बनाउने गरिंदैन ।’

फराकिलो ठाउँ । बस्नका लागि सुविधायुक्त । पारिवारिक माहोलमा मीठो मसिनो खानाको स्वाद लिन सकिन्छ यहाँ । पर्याप्त पार्किङ र आउजाउका लागि पनि सहज गन्तव्य हो यो ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?