+
+

थाइल्यान्ड भ्रमण जाने नेपालीको संख्या बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १४:१९

२६ चैत, काठमाडौं । नेपालमा थाइलयान्ड भ्रमणमा जाने नेपाली नागरिकको संख्या ह्वात्तै बढेको छ ।

थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयका अनुसार सन् २०२४ को जनवरी र फेब्रुअरी महिनामा थाइल्यान्डमा विश्वभरबाट ६३ लाख ८७ हजार पर्यटक थाइल्यान्ड भ्रमणमा पुगेका छन् । यी दुई महिनामा नेपालबाट मात्र ६ हजार ८६० जना नेपाली नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका छन् ।

सन् २०२३ को दुई महिनामा ४ हजार ३६० जना नेपाली नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका थिए । यस वर्ष जनवरीमा ३ हजार ७५१ र फेब्रुअरीमा ३ हजार १०९ जना नेपाली थाइल्यान्डको भ्रमणमा गएका छन् । यो अघिल्लो वर्षको तुलनामा क्रमशः ९१.६७ प्रतिशत र २९.३८ प्रतिशत धेरै हो ।

थाइल्यान्डमा सबैभन्दा धेरै चिनियाँ नागरिक पुगेको देखिएको छ । दुई महिनामा ११ लाख ८३ हजार १२१ जना चिनियाँ नागरिकले थाइल्यान्ड भ्रमण गरेका छन् । चिनियाँ नागरिकको यो संख्या गत वर्षको तुलनामा निकै धेरै हो । यस वर्ष गत वर्षको तुलनामा जनवरीमा ५४३ र फेब्रुअरीमा ३३३ प्रतिशत धेरै चिनियाँ नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका छन् । दक्षिण एसियाबाट सबैभन्दा धेरै भारतीय नागरिक थाइल्यान्ड भ्रमणमा पुगेका छन् । तथ्यांक अनुसार दुई महिनामा ३ लाख ११ हजार ८२३ जना भारतीय थाइल्यान्ड भ्रमणमा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्म नेपालीले विदेश भ्रमणका लागि मात्र ४२ अर्ब ६७ करोड रुपैयाँ खर्च गरिसकेका छन् । गत वर्ष यस्तो रकम २९ अर्ब ६२ करोड रहेको थियो । तथ्यांकले समेत यस वर्ष नेपालीले विदेश भ्रमण बढाइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?