+
+

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १५:०८

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

२०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?