+
+

चलचित्र संघको कार्यसमितिले पूर्णता पायो, महासचिवमा सुरेन्द्र थापा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १६:५२

काठमाडौं । नेपाली फिल्म प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघको नयाँ कार्यसमितिले सोमबार पूर्णता पाएको छ । विधानअनुसार नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जनले रिक्त विभिन्न पदमा पदाधिकारी नियुक्त गरेका छन् ।

महासचिवमा सुरेन्द्रकुमार थापा मनोनित भएका छन् । मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका सञ्चालक समेत रहेका थापा १४ वर्षदेखि फिल्म प्रदर्शन क्षेत्रमा सक्रिय छन् । उनीसँग क्यूएफएक्सको अप्रेसन प्रमुख भएर काम गरेको अनुभव छ ।

प्रथम उपाध्यक्षमा गोपाल कायस्थ, द्वितीय उपाध्यक्षमा कपिलप्रसाद द्वा र तृतीय उपाध्यक्षमा ओमप्रकाश जैसी मनोनित छन् । उपमहासचिवमा दिप्रश शाक्य र कोषाध्यक्षमा वान सिनेमाजका प्रज्ज्वल राणा छन् ।

सदस्यमा देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोविन्द शाही, छविराज ओझा, नीरज गुप्ता, करण श्रेष्ठ, आशिष तामाङ, मिजास पोखरेल र महेन्द्रनारायण श्रेष्ठ छन् । सोमबार नै अध्यक्ष महर्जनले नवनियुक्त पदाधिकारीलाई सपथ गराए । कार्यसमितिको पहिलो पूर्ण बैठकले प्रशासन सञ्चालनका लागि बैंक खाता चलाउन दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?