+
+

मोबाइल गेम डेभलपमेन्टसम्बन्धी तालिम दिँदै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १६:१६

२६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्टसम्बन्धी तालिम दिने भएको छ ।

महानगरले महानगर गौरव योजना अन्तर्गत रहेको ‘रोजगारी र आय वृद्धि, काठमाडौं समृद्धि’ कार्यक्रम अन्तर्गत युवाहरूलाई मोबाइल  गेम डेभलपमेन्टसम्बन्धी तालिम दिन लागेको हो ।

महानगरपालिकाले मोइबाल गेम डेभलपमेन्टसम्बन्धी तालिम लिन इच्छुकहरूसँग आवेदन माग समेत गरेको छ । ‘

तालिमका संयोजक दिलचन्द्र पाण्डेका अनुसार आवेदनको आधारमा तालिम सञ्चालन हुने छ ।

‘सुरुमा २० जनालाई नमुनाको रुपमा तालिम दिन्छौं, यसले रोजगारीमा कतिको असर हुन्छ त्यसपछि अन्यलाई तालिम दिन्छौं,’ पाण्डेले भने ।

महानगरले कार्यक्रम अन्तर्गत ३५ वटा तालिम सञ्चालन गर्दै आएकोमा सफ्टवेयरसम्बन्धी तालिममा मोबाइल गेम डेभलपमेन्टसम्बन्धी तालिम पनि रहेको पाण्डेले बताए ।

‘मोबाइल गेम डेभलपमेन्टसम्बन्धी तालिमले रोजगारी सिर्जना हुने देखियो, यस क्षेत्रमा माग पनि देखिन्छ । त्यसकारण तालिम दिन लागेका हौं,’ पाण्डेले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?