+
+

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते ९:४७

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे छिन् ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।

कांग्रेसको संसदीय दलको बैठक भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?