+
+

ललिता निवास काण्ड देउवा गृहमन्त्री हुँदा सुरू भएको हो : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १५:०९

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘ललिता निवासको सुरूवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरू भएको हो’ डा. वाग्लेले भने ।

ललिता निवासदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा नेताहरूलाई जोगाइएको उनको भनाइ छ । आफूहरूले २०४७ साल यताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै आएको उनले बताए ।

उपसभापति वाग्लेले भने, ‘ललिता निवास काण्डदेखि वाइडबडी काण्डसम्म यहाँ को–कोलाई जोगाइएको छ । यो सारा फेहरिस्तको छानबिन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ ।’

कुनै आरोपका भरमा कुनै पात्रलाई खुइल्याउने उद्देश्यले छानबिनको माग गर्नु उचित नरहेको उनको भनाइ छ । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?