+
+

‘लण्डन टु पेरिस’को गीतमा रोमान्टिक साम्राज्ञी र निश्चल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १५:३९

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक भएको छ । यो रोमान्टिक गीतमा शीर्ष कलाकार साम्राज्ञी शाह र निश्चल खड्का फिचर्ड छन् ।

दुई पात्रको प्रेमभाव साटासाट गर्ने यो गीतलाई हर्कुलस बस्नेतले कम्पोज गरेका हुन् । शब्द र स्वर पनि उनकै छ । जेठ २५ गते प्रदर्शन तयारीमा रहेको फिल्मको यो गीत मंगलबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

फिल्ममा कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । निश्चल र गरिमा दुवैको यो डेब्यू फिल्म हो । प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ ।

फागुनमा मुम्बईको स्टुडियोमा फिल्मको पेरिसको भाग खिचिएको थियो, जुन अंश गीतमा पनि समावेश छ । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको छ ।

परी राना, अमित बस्नेत, आरोन बस्नेत र एरियाना बस्नेत निर्माता रहेको फिल्ममा सनिश खकुरेल सह–निर्मातामा छन् । त्यस्तै, अंकित गौतम कार्यकारी निर्माता हुन् । फिल्ममा अभेद परवको छायांकन, हर्कुलशसहित एसडी योगी, बियोण्ड तथा सलिन मगरको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?