+
+

दीपिकाले मेट गाला २०२४ गुमाउने, बियोन्से र रिहानाको हुनेछ उपस्थिति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:३४

काठमाडौं । विश्व फेसनको महाकुम्भ मानिने मेट गाला हरेक वर्ष मे महिनाको पहिलो सोमबार आयोजना हुन्छ । यस वर्षको मे ५ तारिखमा यो समारोह अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हुँदैछ ।

मिति नजिकिएसँगै यो भव्य समारोहलाई लिएर चर्चा सुरु भएको छ । यस वर्ष मेट गालाको थिम ‘स्लिपिङ ब्युटिज : रिअवेकनिङ फेसन’ राखिएको छ । यस वर्षको संस्करणमा २५० भन्दा बढी कलेक्सन प्रस्तुत हुने भोग म्यागजिनले उल्लेख गरेको छ ।

कस्ट्युम इन्स्टिच्युटले अहिलेसम्म नदेखिएका डिजाइन समारोहमा प्रस्तुत हुने जनाएको छ । ड्रेस कोड पनि ‘गार्डेन अफ टाइम’ तय गरिएको छ । फेसनको ४०० वर्ष लामो इतिहासमा कस्ट्युम इन्स्टिच्युटका स्थायी कलेक्सन यसपटक देख्न पाइने जनाइएको छ ।

यस वर्षको मेट गालालाई हलिउड सेलिब्रेटीहरु जेन्डाया, जोनिफर लोपेज, ब्याड बन्नी, क्रिस हेम्सवर्थ लगायतले होस्ट गर्दैछन् । यसअघि पनि उपस्थित भएजस्तै विश्व संगीतका ठूला नामहरु बियोन्से, लेडी गागा, रिहाना यसपटक पनि उपस्थित हुने जनाइएको छ । कुल ४५० जना उपस्थित हुने उल्लेख छ ।

दीपिका पादुकोणले मेटगाला गुमाउने

बलिउड अभिनेत्री दीपिका पादुकोणले सन् २०१७ मा मेटगाला डेब्यु गरेकी थिइन् । उनी तीनपटक यो समारोहकी हिस्सा बनेकी छन् । यसबाहेक ओस्कार, कान्स र फिफा विश्वकपमा पनि मुलुकको प्रतिनिधित्व गरेकी छन् ।

तर सन् २०२४ को मेटगालामा उनको उपस्थितिको अभाव महसुस हुनेछ । यसको कारण प्रेग्नेन्सी नभएर सोही समयमा परेको कामको व्यस्तता कारण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त समयमा उनी रोहित शेट्टीको फिल्म ‘सिंघम ३’ को छायांकनमा व्यस्त हुनेछिन् । यसबाहेक उनको फिल्म ‘कल्की २८९८ एडी’ पनि मे ९ तारिखमा रिलिज हुँदैछ । प्रेग्नेन्टको बाबजुद पनि उनी लगातार काम गरिरहेकी छन् ।

३८ वर्षकी दीपिका यतिबेला गर्भावस्थाको आनन्द लिइरहेकी छन् । आगामी सेप्टेम्बरमा उनले सन्तानलाई जन्म दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?