+
+

गृहमन्त्री भएपछि लामिछाने माथिको अनुसन्धान रोकियो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १२:२७

२८ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद रामहरि खतिवडाले यस्तो बताएका हुन् ।

‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो’ सांसद खतिवडाले भने ।

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?