+
+

एकीकृत समाजवादीले भन्यो : संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको मागलाई ध्यान दिइयोस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:०३

२७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाइ ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीको ठगी प्रकरणका सम्बन्धमा छानबिनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ ।

प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक बार्ता गरी संसदको यो गतिरोध अन्त्य गर्न म सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गारउन चाहन्छु’ पाण्डेले भने ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत फागुन २४ गतेदेखि सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गर्दै आएको छ ।

सहकारीको रकम हिनामिनामा उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको भनी कांग्रेसले प्रश्न उठाउँदै आएको छ ।

पछिल्लो समय कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?