+
+

जर्ज लुकासलाई मानार्थ पाल्म डी’ओर दिने कान्स फिल्म फेस्टिभलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १४:४५

काठमाडौं । ‘स्टार वार्स’ र ‘इन्डियाना जोन्स’जस्ता विश्वचर्चित फ्रेन्चाइजका प्रसिद्ध फिल्म निर्माता जर्ज लुकासलाई ७७ औं कान्स फिल्म फेस्टिभलमा पाल्म डी’ओर अवार्डबाट सम्मानित गरिने भएको छ । मे २५ मा आयोजना हुने समापन समारोहमा यो अवार्ड प्रदान गरिने घोषणा कान्सले गरेको छ ।

अवार्डको घोषणापछि लुकासले प्रतिक्रिया दिंदै खुसी व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा आफ्नो मनमा कान्स फिल्म फेस्टिभलको विशेष स्थान रहेको बताए । लुकासले भने, ‘मेरो पहिलो फिल्म ‘टीएचएक्स–११३८’ नयाँ निर्देशकका लागि तय गरिएको विधा डाइरेक्टर्स फोर्टनाइटमा प्रदर्शनका लागि छनोट हुँदा म छक्क र खुसी थिएँ । त्यसयता म लेखक, निर्देशक र निर्माताका रूपमा धेरै पटक कान्स फेस्टिभलको हिस्सा भएँ । यो सम्मान साँच्चै मेरो लागि धेरै महत्वपूर्ण छ ।’

मानार्थ पाल्मे डी’ओर अवार्ड घोषणा गर्दा लुकासको कामको कान्सले उच्च प्रशंसा गरेको छ । उनलाई भिजुअल इफेक्ट उद्योगको अग्रदूत भन्दै प्रशंसा समेत गरिएको छ । महोत्सवको बारेमा बोल्दै कान्सका प्रमुख थियरी फ्रेमाक्सले हलिउड हड्तालको प्रभावका कारण महोत्सवमा अमेरिकी फिल्मको संख्या कम हुने बताए ।

सन् २०१५ मा फेस्टिभलमा ‘म्याड म्याक्स : फ्युरी रोड’ प्रिमियर गरेको ९ वर्षपछि जर्ज मिलरले मे १५ मा ‘फुरियोसा : अ म्याड म्याक्स सागा’ सार्वजनिक गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?