+
+

रुकुम पूर्वमा गोरेटो खनिरहेकाहरु आगलागीमा परे, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते ६:१२
आगलागीमा परी घाइते भएकाहरू । फोटो : इन्जिनियर मानबहादुर शाहीको फेसबुक

२९ चैत, रुकुम (पूर्व) । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो ।

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घाइते हुनेहरुमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन् ।

घाइते सबै जनालाई उद्धार गरी रन्मा गाउँमा ल्याइपुर्याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । उनीहरुलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उनले बताए । “हेलिकप्टर ल्याउन सबै प्रक्रिया पूरा भइसकेको छ । अहिले घाइतेको उपचार गर्न पुथा उत्तरगङ्गा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली रन्मा गाउँ पुगिसकेको छ”, उनले भने ।

अहिले जङ्गलमा आगो फैलिरहेको स्थानीयले बताएका छन् । आगो निभाउन सुरक्षाकर्मीको टोली आगलागी भएको ठाउँमा गएको छ ।

रन्मा पुग्न  सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्दछ ।

– राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?