+
+

टेलिभिजन सिरियल ‘विधुवाको सिन्दूर’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १३:३९

काठमाडौं । टेलिभिजन प्रिमियरको पूर्वसन्ध्यामा निर्देशक शंकर आचार्यले नयाँ सिरियल ‘विधुवाको सिन्दूर’को ट्रेलर सार्वजनिक गरेका छन् । उनको निर्माण, निर्देशन र अभिनय रहेको यो सिरियल शुक्रबारदेखि हिमालय प्रिमियम, हिमालय टिभी र युट्युब च्यानलमा आउँदैछ ।

वरिष्ठे इन्टरटेनमेन्टको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलर गाउँको एक परिवारभित्र हुने उतारचढावपूर्ण सम्बन्ध र प्रेमको कथावस्तुमा आधारित छ । पतिको निधनपछि जीवन बाँच्ने, श्रृंगार गर्ने, विवाह गर्ने कुरामा भेदभाव गर्नुहुँदैन भन्ने सामाजिक सन्देश श्रृंखलाले दिने आचार्यले बताए ।

यतिबेला आचार्यकी बुहारी सुनिशा बजगाईंको चर्चित सिरियल ‘सीता’ पनि हिमालय टिभीबाट प्रसारण भइरहेको छ । यो सिरियल पनि पछिल्लो समय धेरै हेरिने सिरियलमध्ये पर्छ । यस्तोमा शंकरले नयाँ सामाजिक सिरियल ल्याएर दर्शकलाई आकर्षित गर्ने प्रयास गरेका छन् ।

‘विधुवाको सिन्दूर’मा विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको उक्त शृंखलामा अभिनय छ । विधुवाको भूमिकामा अस्मिता देखिंदैछिन् ।

यसअघि विशुद्ध कमेडी श्रृंखला ‘भद्रगोल’को १३० भाग निर्देशन गरेका आचार्यले यसपटक भने सामाजिक कथावस्तुमा हात हालेका छन् । यो सिरियल शुक्रबारदेखि हिमालय प्रिमियममा बेलुका ७ बजे, सोही दिन युटयुबमा साढे ७ बजे र सोमबार साढे ५ बजे हिमालय टिभीमा पुनः प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?