+
+

हलमा लागे ‘डिग्री माइला’ र ‘द रेड सुट्केस’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ११:२९

काठमाडौं । शुक्रबार नेपालभर दुई नयाँ फिल्म रिलिज भएका छन् । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला : एमए थर्ड क्लास’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ हलमा लागेका छन् ।

अलग जनराका यी फिल्म दर्शकलाई आफ्नो रुचिअनुसार हेर्ने सुविधा छ । ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मको निर्माता बाँसुरी फिल्म्सको ‘डिग्री माइला’ले शैक्षिक बेरोजगारको अहंकार र त्यसले सिर्जना गर्ने परिणतीको कथा भन्छ ।

दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतको शीर्ष भूमिका रहेको यो फिल्मको लम्बाई १५० मिनेट छ । यू सर्टिफिकेट प्राप्त गरेको यो फिल्ममा दयाहाङले डिग्री उत्तिर्ण बेरोजगार पात्रको भूमिका निर्वाह गरेका छन् ।

नेपालबाट अस्कर अवार्डमा सिफारिस भैसकेका ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फिल्मको निर्माता कम्पनी आइसफल प्रोडक्सनको यो पछिल्लो फिल्म संसारका ठूला फिल्म फेस्टिभलपछि अन्ततः हलमा रिलिज भएको हो ।

गतवर्ष नै भेनिसमा प्रिमियर भैसकेको यो फिल्म फिडेल देवकोटाको डेब्यु फिचर हो । जर्मनीबाट दृश्य मानवशाष्त्रमा विद्यावारिधी गरेका देवकोटाको यो ‘मिस्ट्री रियालिज्म’ जनराको फिल्मले कतारबाट नेपाल आएको एउटा शवको कफिन र रातो सुट्केसलाई नेपालको गाउँमा लैजान मुख्य पात्रले गरेको यात्रको कथा भन्छ ।

सौगात मल्लको पात्रलाई उक्त शव पुर्‍याउन जिम्मा दिइन्छ । त्यो यात्राको क्रममा उनले लौकिक र अलौकिक घटनाको साक्षी बन्नुपर्छ । कथावस्तुसँगै दृश्यात्मकरुपमा छायांकन र ध्वनी विधामा प्रशंसा बटुेलेको यो फिल्ममा प्रवीण खतिवडा, बिपिन कार्की र सृष्टि श्रेष्ठको पनि अभिनय छ ।

१ घण्टा २७ मिनेट लामो यो फिल्मले नेपाली फिल्म वैदेशिक रोजगारीको सामाजिक आयामको कथा भन्छ । यसले नेपाली फिल्ममा विद्यमान सामाजिक यथार्थवाद र थ्री–एक्ट संरचनाको शैलीलाई भत्काउने प्रयास गरेको छ । यो फिल्म क्यूएफएक्स चेनबाहेकका हलमा रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?