+
+

मध्यपूर्वमा ‘डिग्री माइला’को उत्साहजनक ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते २०:४७

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले मध्यपूर्वमा उत्साहजनक ओपनिङ गरेको छ । यो फिल्म विहीबारदेखि युएई, कतार र बहराइनका हलमा रिलिज भयो ।

पहिलो दिन झण्डै शतप्रतिशत अकुपेन्सीसहित ब्यापार गरेको फिल्मले दोस्रो दिन शुक्रबार पनि दर्शकको उत्साहजनक साथ पाएको वितरक रमेश ढकालले जानकारी दिए ।

कतारको एसियन टाउनस्थित मल्टिप्लेक्समा शुक्रबारका दुबै शो हाउसफूल रहे (तस्वीरमा हेर्न सक्नुहुन्छ) । कतारमा १३ शोज छ भने युएईमा ३० शोज छ । दुबईको बाढीले ब्यापार केही प्रभावित भएपनि समग्रमा फिल्मको ओपनिङ उत्साहजनक रहेको ढकालले बताए ।

कतारको एसियन टाउन हलमा शुक्रबारको दृश्य ।

यो फिल्मलाई सेभेन सिजनले अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेको हो । सेभेन सिजका मध्यपूर्व संयोजक ढकालले बहराइनमा पनि दर्शकीय उपस्थिती सुखद रहेको बताए ।

बाँसुरी फिल्म्सको यो फिल्मले घरमा चाहिँ पहिलो साता ५.०५ करोड ग्रस कलेक्सन गरेको वितरकले शुक्रबार आयोजित प्रेसमिटमा जानकारी दिएका थिए । दयाहाङ राई र आँचल शर्मा अभिनित फिल्मले शैक्षिक बेरोजगारी र त्यसबाट सिर्जित सामाजिक आयामको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?