+
+

सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १३:५४

काठमाडौं । स्टार इन्टरटेनमेन्टको प्रस्तुतिमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर छ । लेखु सहयात्रीको सङ्गीत छ । किशोरसँगै त्रिशला गुरुङले पनि स्वर दिएकी छन् ।

म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भीर विष्टले गरेका छन् । कथा गायक तिम्सिनाले लेखेका छन् । विशेष अतिथिको रूपमा पुगेकी मोडल गरिमा शर्माले शुभकामना दिइन् । गायक तिम्सिना अमेरिकामा बस्दै आएका छन् । समाजसेवामा समेत सक्रिय उनले दर्जन बढी गीत लेखेका छन् ।

म्युजिकल ड्रामामा एकतर्फी प्रेममा रहेकी युवतीको कथा प्रस्तुत गरिएको छ । यसमा सागर लम्साल र कुसुम शर्माको प्रमुख अभिनय छ । उनीहरूसँगै गणेशबहादुर विष्ट, ज्ञानीदेवी विष्ट, सम्झना पोखरेल, प्रभात ओझा, पुनम बस्नेत, अनिशा, खड्की, एलेन घिमिरे, दिनेश राउत, निर्मलजङ्ग कठायत, शर्मिला महत, सञ्जना माझी र रेणु न्यौपानेको पनि अभिनय छ ।

यसमा छायाङ्कन सम्पादन र कलर ग्रेडिङ पवन सुस्लिङको छ भने सहायक निर्देशक सुरेन्द्र बसेल हुन् । एरेन्ज र ब्याकग्राउन्ड म्युजिक बिषम आचार्यको, मिक्सिङ तथा मास्टरिङ साजन शाहको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?