+
+

कांग्रेससँग मिलेर सरकार नबनाउन सुदूरपश्चिममा एकीकृत समाजवादीका नेताहरुलाई दबाब

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १४:२०

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका नेतालाई मुख्यमन्त्रीमा समर्थन नगर्न एकीकृत समाजवादीभित्र दबाब परेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरी नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा छन् । तर एकीकृत समाजवादीका नेताहरु अलमलमा परेका छन् ।

स्रोतका अनुसार पार्टीका शीर्ष नेताले टेलिफोन गरेर एमाले–माओवादीसहितको गठबन्धनमै रहन र कांग्रेस–नाउपालाई साथ नदिन दबाब दिएपछि सुदूरपश्चिमका एकीकृत समाजवादीका नेताहरुले चौधरीलाई समर्थन दिन सकेका छैनन् ।

कांग्रेस संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा रेशम पक्षका नेता लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा एकीकृत समाजवादीका नेताहरुलाई पर्खिरहेका छन् ।

तर एकीकृत समाजवादीका नेताहरुले आनाकानी गरेका कारण प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले नै टेलिफोन गरेर कांग्रेससहितको सरकार बनाउन सहयोग नगर्न निर्देशन दिएपछि एकीकृत समाजवादीका नेताहरु छुट्टै छलफलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?