+
+

पश्चिम एसियामा जारी तनावको कूटनीतिक समाधान खोज्न नेपालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १८:४३

२ वैशाख, काठमाडौं । नेपालले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको भन्दै यस क्षेत्रमा बढ्दो तनावप्रति चिन्तित भएको जनाएको हो ।

विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास रहेको भन्दै नेपाल सरकारले बल प्रयोगको निन्दा गरेको छ ।

‘सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता तथा कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?