+
+

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १२:४७

३ वैशाख, काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावल अनशन बस्दै आएकी थिइन् ।

गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मंसिरदेखि कानुनी लडाइँ लड्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?