+
+

डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १४:५२

काठमाडौं । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तारा मानन्धर डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

३ वैशाखदेखि उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेको कम्पनीले जनाएको छ । यसअघि मसरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा उच्च व्यवस्थापनमा रहेर उनले भूमिका निर्वाह गरेका छन् ।

‘डिस मिडिया नेटवर्कको कार्यभार सम्हालेर मानन्धरले व्यवस्थापनलाई सुदृढ बनाउँदै विभिन्न सेवालाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने विश्वास लिइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत १३ वर्षदेखि डिस मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।

कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?