+
+

हङकङविरुद्धको जवाफी ब्याटिङमा नेपालको उत्कृष्ट सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १४:४९

३ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा आक्रामक सुरुवात गरेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले ४ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल १६ बलमा ३ चौका र २ छक्कासहित ३० रनमा क्रिजमा छन् । आसिफ शेख ८ बलमा १ चौका र २ छक्कासहित २० रनमा क्रिजमा छन् ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल अल आउट भएको थियो ।

कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । नेपालका अभिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?