+
+

पुलिसले जित्यो वर्षको पहिलो नकआउट फुटबल उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १३:४३

४ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले वर्ष २०८१ को पहिलो उपाधि नकआउट फुटबल उपाधि जितेको छ ।

पुलिसले सोमबार राती मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले पहिलो पटक सिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।

पुलिसको जितमा वैकल्पिक गोलकिपर अमित टमाटा नायक बने । गोलकिपर सञ्जित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेको अमितले सुटबउटमा सौरभ लिम्बू र चन्दन दासको पेनाल्टी बचाएका थिए । ।

सुटआउटमा पुसिलका लागि कप्तान रामचन्द्र वाजी, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे । मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र सनिस श्रेष्ठले मात्रै गोल गरे ।

निर्धारित समयमको ८४औं मिनेटमा उत्सव राई र ८८औं मिनेटमा मनिष डाँगीले पहेँलो कार्ड पाएपछि मछिन्द्र ९ खेलाडीमा समेटिएको थियो ।

नव जनजागृती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता पुलिसले १० र उपविजेता मछिन्द्रले ५ लाख पाएका छन् ।

यस्तै उपविजेता मछिन्द्रका फरवार्ड विमल घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए । उनले टिभिएसको स्कुटी प्राप्त गरे ।

यसैगरी पुलिसका सन्जित श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । पुलिसका उज्वल राई र वीरगंज युनाइटेड क्लबका फागुराम चौधरी सर्वाधिक गोलकर्ता बने ।दुवैले समान २ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?