+
+

किन कोही मानिसको देब्र हात चल्छ ? लेफ्टी हुनुको वैज्ञानिक कारण यस्तो छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १८:००

काठमाडौं । बाराक ओबामा, बिल गेट्स, जस्टिन बिबर, लेडी गागादेखि सचिन तेन्दुलकरसम्ममा एउटा चिज के समान छ भने उनीहरु बायाँहाते मानिस हुन् । उनीहरु संसारका १० प्रतिशत यस्ता मानिसहरु मध्येमा पर्दछन् जसको दायाँको तुलनामा देब्रे हातको प्रयोग बढी गर्दछन् ।

वास्तवमा विश्वमा अधिकांश मानिस अर्थात् करिब ९० प्रतिशतले आफ्नो दाँहिने हातको प्रयोग धेरै गर्दछन् । तर, करिब १० प्रतिशत मानिसहरुले भने बायाँ हातले धेरै काम गर्छन् । अर्थात् उनीहरु लेफ्टी हुन् । आखिर किन कोही मानिसहरु बायाँहाते हुन्छन् ?

यसको पछाडिको कारण के हो ? जवाफ खोज्नका लागि वैज्ञानिकहरुका बीचमा माथापच्ची चलिरहेको थियो । अन्ततः उनीहरुले मानिसहरु किन लेफ्टी हुन्छन् ? भन्ने तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार यो सबै कहानी उनीहरुको जिन अर्थात् वंशाणुसँग जोडिएको हुन्छ । उनीहरुको सरीरमा एउटा विशेष खालको दुर्लभ जिन हुन्छ, जसले उनीहरुको सरीरमा कोशिकाहरुको आकारलाई नियन्त्रण गर्दछ । ती जिनहरु बायाँहाते मानिसहरुको सरीरमा दायाँहातेको तुलनामा २.७ गुणा बढि पाइन्छन् । उक्त जिनको नाम TUBB4B हो । सो जिनले मस्तिष्कको सिमेट्री अर्थात् सन्तुलनलाई नियन्त्रण गर्ने काम गर्दछ।

अचम्मको कुरा त के भने बायाँहाते मानिसहरुको सरीरमा ती जिनको मात्रा केवल ०.१ प्रतिशत हुन्छ। तर त्यति कम जिनले उनीहरुको पूरै जीवनशैलीलाई बदलिदिएको हुन्छ। उनीहरुले दुनियालाई अर्को प्रकारले हेर्दछन्, बायाँ हातले का मगर्दछन् । बायाँ हात नै उनीहरुको सबैभन्दा शक्तिशाली अंग बन्दछ।

नेदरल्याण्डमा रहेको म्याक्स प्लांक इन्स्टिच्यूट अफ साइकोलिंग्विस्टिकका शोधकर्ता क्लाइड फ्रेंक्सका अनुसार आम रुपमा मानिसहरुको मस्तिष्कका दुई हिस्साले विभिन्न खालका कामहरु निर्धारण गर्दछन् ।

साथै अंगहरुको फरक फरक काम तय गर्दछन् । शरीरका दुई हिस्सामा सामान्य फरक हुन्छ जस्तै हेर्ने, छुने, उठाउने, चालढाल आदिमा । उदाहरणका लागि मस्तिष्कको बायाँ हिस्साले भाषालाई नियन्त्रण गर्दछ, जबकी दायाँ हिस्साले दृष्टिलाई । बायाँ हाते मानिसहरु सम्बन्धी पछिल्लो अध्ययन नेचर कम्युनिकेशन जर्नलमा छापिएको छ ।

अधिकांश मानिसहरुको मस्तिष्कको बायाँ हिस्साले शरीरको दायाँ हिस्सालाई नियन्त्रण गर्दछ किनकी त्यसको स्नायु तन्त्रिका बायाँबाट दायाँतर्फ गएको हुन्छ । तर, बायाँ हाते मानिसमा भने मस्तिष्कको दाहिने हिस्साले सरीरको बायाँ हिस्सालाई नियन्त्रण गरेको हुन्छ ।

TUBB4B जिनले एउटा विशेष खालको प्रोटिनलाई नियन्त्रण गर्दछ। उक्त प्रोटिन कोशिकाहरुभित्र रहेका माइक्रोट्युबुल्सका फिलामेन्टबाट जोडिएको हुन्छ । यसबाट कोशिकाहरुको आकार नियन्त्रित हुन्छ। त्यहीँ जिनले उनीहरुलाई बायाँ हातले काम गर्नका लागि उपयुक्त बनाउँछ र त्यहीँ प्रकारले मस्तिष्क चलाउनमा सहयोग गर्दछ।

यो शोधका लागि बेलायतमा साढे ३ लाख मानिसहरुको मस्तिष्क तथा जिनको अध्ययन गरिएको थियो। त्यसमा ११ प्रतिशत मानिसहरु लेफ्टी थिए ।

वैज्ञानिकहरुले भ्रूणमा शिशुको मस्तिष्क विकास भैरहँदा मानिसलाई बायाँहाते बनाउने उक्त जिन कहाँ रहन्छ, त्यो कसरी आउँछ, कसरी विकसित हुन्छ र भ्रुणलाई दायाँ वा बायाँ भागमा काम गर्ने कसरी बनाउँछ भन्ने कुरा चाँहि अझै पत्ता लगाउन सकेका छैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?