+
+

पर्सामा बिलबिजकभन्दा बढी सामान बोकेको मालवाहक ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १८:३२

४ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले ६१ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको ‍औषधि तथा खुद्रा सामान नियन्त्रणमा लिएको छ ।

सोमबार राति घण्टाघर चोकस्थित सडकखण्डमा चेकजाँचका क्रममा ना ६ ख ६५१२ नम्बरको ट्रकले बिलबिजकभन्दा बढी औषधि र खुद्रा सामान बोकेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगञ्जबाट कञ्चनपुरतर्फ जाँदै गरेको उक्त ट्रकले बिलबिजकमा उल्लेख भएभन्दा बढी सामान बाकेको र बिल पनि शंकास्पद दखिएको हुँदा नियन्त्रणमा लिएको जानकारी दिए ।

थापाले नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बारामा बुझाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?