+
+

इम्पेरिमेन्ट चार्ज बढ्दा नेपाल फाइनान्सको नाफामा भारी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते ९:४६

५ वैशाख, काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढ्दा नेपाल फाइनान्सको नाफामा भारी गिरावट आएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ८७ प्रतिशतले घटेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म खुद १ करोड ३ लाख ३४ हजार नाफा कमाएकोमा यो वर्ष सोही अवधिमा जम्मा १३ लाख १८ हजार कमाएको छ । कम्पनीको ब्याज आम्दानी बढ्दा पनि इम्पेरिमेन्ट चार्ज ह्वात्तै बढेपछि नाफामा भारी गिरावट देखिएको हो ।

खुद ब्याज आम्दानी चालु वर्षको ९ महिनामा ७ करोड ५९ लाख रुपैयाँ बराबर छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ६ करोड ७० लाख रुपैयाँ बराबर थियो । तर कम्पनीले लोन लस प्रोभिजनवापत (इम्पेरिमेन्ट चार्ज) १ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । जबकि गत वर्ष यसै अवधिमा कम्पनीले ७४ लाख रुपैयाँ ‘राइटब्याक’ गरेर नाफा उच्च देखाएको थियो ।

कम्पनीले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको यस अवधिमा कुल कर्जामा निष्क्रिय कर्जाको अंक १३.१६ प्रतिशत रहेकोमा अहिले ९.२४ प्रतिशतमा झरेको छ । फाइनान्सको वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक छ । सीडी रेसियो ८४.५१ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?