+
+

१० करोड लगानीमा खुल्यो ‘त्रिशूली भिल्ला’ 

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १३:१३

५ वैशाख, काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् ।

त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको उनले जानकारी दिए ।

२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेलले बताए ।

भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ ।

भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज बुक गर्न सकिने कम्पनीले बताएको छ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउने भएका छन् ।

भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशूली नदीको सुन्दर दृश्यावलोकन गर्न सकिने कँडेलले बताए ।

रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशूली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशूली नदीमा र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् ।

भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्‍गा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ ।

एडभेन्चर नरोज्ने पाहुनाहरू झोलुङ्‍गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारि नै पार्किङको सुविधा छ । बाइकमा भने झोलुङ्‍गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?