+
+

२३२ ग्राम खैरो हेरोइन र नाइट्राभेटसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १२:५९

६ वैशाख, काठमाडौं । प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका-५ बस्‍ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर-५ जोरपाटी बस्‍ने २१ वर्षीय दिने सुनुवार रहेका छन् ।

गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले थाम्सुङको साथबाट लागु औषध २३२ ग्राम खैरो हेरोईन र नाइट्राइट ७४९ ट्याबलेट बरामद गरेको गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?