+
+

पोखरामा एक वर्षमा साढे १६ हजारले चढे प्याराग्लाइडिङ, नेपाली अधिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १४:५८
फाइल तस्वीर

६ वैशाख, काठमाडौं । पोखरामा एक वर्षको अवधिमा साढे १६ हजारले प्याराग्लाइडिङ यात्रा गरेको तथ्यांकले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को फाइनल तथ्यांक अनुसार यस वर्ष १६ हजार ४६८ जनाले पोखराको प्याराग्लाइडिङ चढेका छन् ।

यस वर्ष ६ हजार ९९३ जना विदेशी र ९ हजार ४७५ जना नेपाली नागरिकले प्याराग्लाइडिङ चढेको तथ्यांक छ । अघिल्लो वर्ष सन् २०२२ मा पोखरामा १४ हजार ९६० जनाले प्याराग्लाइडिङ चढेका थिए ।

कोभिड महामारीको वर्षहरुमा समेत प्याराग्लाइडिङ चढ्ने यात्रु घटेका थिएनन् । सन् २०२१ मा १२ हजार ९५० र सन् २०२० मा २२ हजार २७५ जनाले प्याराग्लाइडिङको अनुभव लिएका थिए ।

सन् २०१९ मा भने यो संख्या ३२ हजार ५२२ पुगेको थियो । त्यसबेला सम्म विदेशी नागरिकले धेरै यसको अनुभव लिने गरेकोमा अब भने नेपाली नागरिकको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ ।

प्याराग्लाइडिङ चढ्ने विदेशी नागरिकको संख्या कम हुँदा सन् २०१९ कै हाराहारीमा भने यात्रु पुग्न नसकेको तथ्यांकले देखाएको छ ।

नेपालमा चार दर्जन भन्दा धेरै कम्पनीले पोखरालाई केन्द्रित गरी प्याराग्लाइडिङ व्यवसाय गर्दैै आएका छन् । पोखराको शाहसिक पर्यटकीय उत्पादनमध्ये यो एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?