+
+

मोरङको रानीमा आज पनि झडप, डीएसपीसहित ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १८:४९

६ वैशाख, विराटनगर । विराटनगरको रानीमा बिहीबार पनि झडप भएको छ ।

बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । त्यतिबेला प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो ।

सोही विषयमा बिहीबार दिउँसो केही व्यक्तिले सभा गरेपछि  प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको विरोधमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरीसँग झडप भएको हो ।  झडपमा डीएसपी वेदप्रकाश जोशीसहित सात जना प्रहरी  सामान्य घाइते भएका प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नलिई सभा जुलुस तथा भेला नगर्न बिहीबार सूचना जारी गरेको थियो । तर साढे ३ बजे विराटनगर महानगरपालिका-१५ रामजानकी मन्दिर अगाडि ८-९ जनाको समूह भेला भएको थियो ।

भेला भएकामध्ये विराटनगर महानगरपालिका-१५ का २६ वर्षीय राजन झा, विराटनगर-१५ कै २४ वर्षका रितेश झालाई प्रहरीले  नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा बिहीबार बेलुका ५ बजे एउटा समूहले आन्दोलन सुरु गरेको थियो ।

आन्दोलनरत टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?