+
+

यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते २०:१३

६ वैशाख, काठमाडौं । यात्रुलाई कुटपिट गरी औंला भाँचेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ ।

नवलपरासी घर भई काठमाडौं टोखा बस्दै आएका २६ वर्षीय जोन तामाङ पक्राउ परेका हुन् । उनले यात्रु केशव घिमिरेलाई कुटपिट गरेर तीन वटा औंला भाँचेको आरोप छ ।

१४ चैतमा चालक तामाङले यात्रुले भनेको भन्दा अर्को बाटोबाट लान खाजेपछि विवाद भएको थियो । सो क्रममा प्रहरीलाई खबर गर्छु भन्दै यात्रु घिमिरेले मोटरसाइकलको चाबी थुतेका थिए । चाबी खोसाखोस गर्ने क्रममा सेवाग्राही घिमिरेको तीन वटा औंला भाँचिएको बताइएको छ ।

औंला भाँचिएको भन्दै घिमिरेले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?