+
+

रुसी सेनामा गएका नेपालीलाई फर्काउन माग गर्दै प्रदर्शन (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ वैशाख ८ गते १५:५२

८ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुको परिवारका सदस्यले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका नागरिकलाई पुनः युद्धमा लगिएको भन्दै तत्काल नेपाल फर्काउन माग गरेका छन् ।

त्यस्तै युद्धमा घाइतेका उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका नेपालीलाई सकुशल उद्दार गर्नुपर्ने, मृतकको शव ल्याउन र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउनुपर्ने सबै सेवा सुविधा पाउनुपर्ने पनि माग गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?