+
+

हाप्किडोमा नुवाकोट च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १०:५५

९ वैशाख, काठमाडौं । नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिपमा नुवाकोट च्याम्पियन बनेको छ ।

नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको नुवाकोट प्रतियोगिता नुवाकोट जिल्लाले जितेको हो ।

यसैगरी प्युठान जिल्लाले दोस्रो र कास्की जिल्लाले तेस्रो उपाधि जितेको छ । च्याम्पियनसिपमा पुरुषतर्फ नुवाकोटका विवेक गुरुङ तथा महिलामा कास्कीकी ईमा थापामगर उत्कृष्ट खेलाडी भए ।

उदीयमान खेलाडीमा पुरुष तर्फका नुवाकोटको रमेश तामाङ र महिलामा नुवाकोटकै मन्जु गुरुङ भए । उत्कृष्ट प्रशिक्षकमा नुवाकोटको राजेन्द्र तामाङ भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?