+
+

हिरोका मोटरसाइकल अब नेपालमै उत्पादन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १६:५६

काठमाडौं । दुई पाङ्‍ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्ट स्थापना गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा नेपालको मध्यभागमा एसेम्बली प्लान्ट स्थापना गरिएको कम्पनीले जनाएको छ । योसँगै हिरो कम्पनीका मोटरसाइकल अब नेपालमै उत्पादन हुनेछ ।

यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण भएको कम्पनीले जनाएको छ । अत्याधुनिक एसेम्बली युनिटले विश्वस्तरीय उत्पादन अब नेपालमा नै बनाइने र देशभरिका ग्राहकका लागि सजिलै उपलब्ध हुने सुनिश्चित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले विश्वस्तरीय उत्पादन र सेवासँग बजार जोड्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।

यो साझेदार सीजी मोटर्ससँगै नेपालमा नयाँ फोकसले नेपालप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने र यो कम्पनीका लागि नै निकै महत्त्वपूर्ण बजार भएको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो सहकार्य सीजी मोटर्सका लागि विशेष क्षण भएको बताए ।

‘एसेम्बली सुविधाको उद्घाटन गर्न र नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता सञ्चालन विस्तार गर्न धेरै लाभदायक हुनेछ । अब देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं,’ उनले भने ।

नयाँ एसेम्बली उद्घाटनसँगै आफ्ना उत्पादनहरू द्रुत गतिमा देशभर उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले ग्राहकका आवश्यकता निर्वाध रूपमा सम्बोधन हुने विज्ञप्तिमा उल्लेख छ ।

सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागसीप शोरुम खोलिसकेको छ। साथै आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू सञ्चालनमा आउने कम्पनीको भनाइ छ । हिरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?