+
+

चेम्बर सल्लाहकार परिषद् अध्यक्ष बने राजेशकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १८:३७

११ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।

चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्‍को अध्यक्षमा चयन भएका हुन् । परिषद्ले चेम्बरको संस्थागत विकास एवम् व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ  ।

परिषद्‍मा महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रज छन् ।

परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवम् व्यावसायिक हकहित एवम् निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?