+
+
लगानी सम्मेलन :

व्यावसायिक सहकार्यका लागि नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १५:१०
फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवम् पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले जलविद्युत्, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ ।

क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डल समक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरूबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।

नेपालबाट निर्यातजन्य वस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण जस्ता विषयमा क्रोएसियाको निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अग्रवालले बताए ।

अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत्, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए ।

चेम्बर र क्रोएसियाका निजी क्षेत्रका प्रतिनिधिबीच व्यावसायिक सहकार्य गर्ने समझदारी समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?