+
+

धनुषामा मृत फेला परेका युवक भारतीय रहेको खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते ११:००

१८ वैशाख, काठमाडौं । धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको सनाखत भएको छ ।

मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ को आँपको बगैंचामा उनको बेवारिशे शव फेला परेको थियो । अत्यधिक मदिरा सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?