+
+

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले साढे २२ लाख कित्ता आईपीओ जारी गर्ने

बिक्री प्रवन्धकमा एनआईएमबीएस क्यापिटल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते ९:०१

१९ वैशाख, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर (आईपीओ) जारी गर्नका लागि विक्री प्रबन्धक नियूक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ ।

प्रतिसेयर अंकित मूल्य १ सयका दरमा साधारण सेयर निष्कासन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबीएस क्यापिटल नियुक्त गरेको छ ।

न्यून आय भएका तथा पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई लघुजीवन बीमा सेवा पुर्‍याउने उद्देश्यले कम्पनीले धितोपत्र बोर्डबाट व्यवसाय सञ्चालनको स्वीकृति पाएको हो । यस कम्पनीमा संस्थापक लगानी ७० प्रतिशत रहेको छ भने आईपीओ जारीपश्चात सर्वसाधारणको लगानी ३० प्रतिशत रहनेछ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १४ लाख २६ हजार रुपैयाँ छ । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी ५४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?