+
+

मनिषा कोइरालाको सिरिज ‘हीरामण्डी’ नेटफ्लिक्समा, विवाह र पार्टनरबारे खुलिन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते ११:५३

काठमाडौं । धेरैको ध्यान बुधबार नेटफ्लिक्समा रिलिज हुने सञ्जयलीला भन्सालीको वेब–सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’मा केन्द्रित छ । भन्सालीको ओटीटी डेब्यु सिरिज आजबाट विश्वव्यापी स्ट्रिमिङ हुँदैछ ।

सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिती राव हैदरी, सञ्जीदा शेख, फरदीन खान, शेखर सुमन लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो सानदार श्रृंखलालाई लिएर पर्खाइ रहँदा ‘हीरामण्डी’मा मलिका जानको पात्र निर्वाह गर्ने अभिनेत्री मनिषा कोइरालाले व्यक्तिगत जीवन, क्यान्सरसँगको लडाइँ, श्रीमान् सम्राट दाहालसँगको सम्बन्धविच्छेद र अन्य कुराबारे खुलासा गरेकी छन् ।

प्रायः निजी कुरामा मौन रहने मनिषाले भारतीय सञ्चारमाध्यम ‘जुम’सँग कुरा गर्दै जीवनमा आउने उतारचढावबारे कुरा गरेकी छन् । केही मानिस जो उतारचढावको क्षण नबेहोरी शान्तिपूर्ण जीवन बिताउने भाग्यमानी समेत हुने खुलाएकी छन् ।

आफ्नो जीवनमा अनुभवको पनि मिश्रण भएकाले आफू भाग्यमानी रहेको उनको भनाइ छ । आफू धेरैपटक चिन्ता र अवसादले दुःखी महसुस भएको समेत मनिषाले बताइन् । तर यी सबै चुनौतीबाट आफू उठेर हिंड्न थालेको उनको बुझाइ छ ।

‘जीवन लड्नु मात्र होइन । हरेक पतनपछि आफैंलाई उठाउनु र हिंड्नु हो । म बाँचेको आदर्श वाक्य यही हो,’ उनले भनेकी छन् ।

विवाह र सम्बन्धबारे के भनिन् ?

मनिषाले व्यवसायी सम्राट दाहालसँग डिभोर्स गरेकी थिइन् । फेरि प्रेमको खोजीमा आफू खुला भएको बताउँदै मनिषाले आफूलाई जीवनसाथी चाहिने र फेरि प्रेम खोज्ने इच्छा रहेको स्वीकारेकी छन् ।

‘मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा एक पुरुष व्यक्तित्व भइदिएको भए हुन्थ्यो । यदि मेरो जीवनमा एक पार्टनर हुन्थ्यो भने सायद यो राम्रो हुन्थ्यो । तर म इमान्दार हुनैपर्छऽ म उसको पर्खाइमा समय बर्बाद गर्न चाहन्नँ,’ मनिषाले भनिन्, ‘भाग्यमा लेखेको छ भने मैले त्यो पाउँछु । छैन भने त्यो पनि ठीक छ । मलाई लाग्छ, मैले पूर्ण जीवन बाँचिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?