+
+

कपिलवस्तुको पकडीमा एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १३:११

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी १८ वैशाखदेखि चौथो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइँकेलले संयुक्त रुपमा गरे ।

कार्यक्रममा बैंकका प्रादेशिक प्रबन्धक कुइँकेलले पकडी र सो आसपासका बासिन्दालाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाका लागि ग्राहकले साधारण बचत खाता (न्यूनतम मौज्दात) १०० रुपैयाँ, चल्ती खाता (न्यूनतम मौज्दात) २ हजार ५०० रुपैयाँ, तलबी बचत खाता (शून्य मौज्दात), नारी बचत खाता १ हजार २५० रुपैयाँ तथा डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाइल बैंकिङ सेवा पहिलो पटकका लागि निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?