+
+

अमेरिकी दूतावासको आयोजनामा ‘बोक्सीको घर’को विशेष प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १९:३४

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा विहिबार क्यूएफएक्सको छाया हलमा फिल्म ‘बोक्सीको घर’को विशेष प्रदर्शन गरिएको छ ।

सृष्टि केसीले नेतृत्व गरेको सामाजिक संस्था ‘ब्लाइण्ड रक्स’मा आबद्ध दृष्टिविहिन, अपांग र फरक क्षमता भएका दर्शकले फिल्म हेरे । कतिपय ह्विल चेयर चढेरै हलमा पुगेका थिए ।

विशेष स्क्रिनिङमा दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन, अभिनेतृ तथा निर्मात्री केकी अधिकारी, ब्लाइण्ड रक्सकी संस्थापक सृष्टि लगायत सहभागि थिए ।

दूतावासका पब्लिक अफेयर चिफ विल्करसनले कला समावेशी हुनुपर्ने बताए । ‘मलाई लाग्छ कला समावेशी हुनुपर्छ । फिल्म बोक्सीको घरले हिंसामा परेका महिला र बालबालिकाको पक्षमा आवाज उठाएको छ । दूतावास यो फिल्मसँग काम गर्न पाउँदा उत्साहित छ’ विल्करसनले उक्त अवसरमा भने ।

अभिनेतृ अधिकारीले कतिपय पहिलोपटक फिल्म हेर्न हलमा आएको थाहा पाउँदा खुशि लागेको बताइन् । ‘गीत सुनेर पहिलोपटक हलमा आएको बताउनुभयो’ उनले भनिन् ।

अमेरिकी दूतावासले सुलक्षण भारती निर्देशित यो फिल्मलाई महिला र बालबालिकाको क्षेत्रमा कार्य गर्ने संस्था र समुदायलाई देखाउने जमर्को गरेको छ । जसअनुसार पहिलोपटक छायामा स्क्रिनिङ गरिएको छ ।

यसबाहेक शनिार रक्षा नेपालसँग सिभिल मलमा र दमौलीमा टिच फर नेपालसँगको सहजीकरणमा स्क्रिनिङ हुने भएको छ । दूतावासले विभिन्न ६ ठाउँमा फिल्मको विशेष स्क्रिनिङ गर्ने जानकारी केकीले दिइन् । यो स्क्रिनिङका लागि दूतावासले क्यूएफएक्ससँग सहकार्य गरेको छ ।

बोक्सी कुप्रथाको कथा पेश गर्ने यो फिल्मले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ । फिल्ममा केकीसहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारतीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?