+
+

अमेरिकी दूतावासद्वारा ‘युएसवाईसी २०२४’ का नयाँ सदस्यलाई स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते २२:१४
स्वागत मन्तव्य राख्दै उपसभामुख इन्दिरा राना (बायाँ), राजदूत थम्पसन लगायत ।

काठमाडौं । ‘अमेरिकी दूतावास युवा परिषद् २०२४’ (यूएसवाईसी)का नयाँ सदस्यहरुलाई आयोजित समारोहमा स्वागत गरिएको छ ।

विहीबार आयोजित समारोहमा उपसभामुख इन्दिरा राना, अमेरिकी राजदूत डीनआर थम्पसन, दूतावासका अधिकारी लगायतले यसवर्षको युएसवाईसीका सदस्यलाई स्वागत गरे ।

यसवर्षको परिषद्मा नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक, जातिय र लैंगिक विविधताको प्रतिनिधित्व गर्ने ३५ विभिन्न जिल्ला, सात प्रदेशका ५५ सदस्य सामेल छन् । आफ्नो समुदायलाई फाइदा हुने परियोजनामा उनीहरुले दूतावाससँग मिलेर काम गर्ने जनाइएको छ ।

परिषद् सदस्यले तीन दिनसम्म काठमाडौंमा आयोजना हुने अभिमुखीकरण कार्यक्रममा अमेरिकी सार्वजनिक कूटनीति, आर्थिक वृद्धिमा कृत्रिम बौद्धिकता (एआई)को भूमिका, गलत र भ्रामक सूचनाविरुद्ध लड्नको लागि उपकरण र रणनीति, लोकतान्त्रिक समृद्ध र समावेशी नेपाल निर्माणमा आफूले खेल्न सक्ने भूमिकाबारे सिक्नेछन् ।

स्वागत समारोहमा उपसभामुख राना र राजदूत थम्पसनले नयाँ सदस्यहरुलाई हौसला प्रदान गरे । उपसभामुख रानाले समृद्ध नेपाल निर्माणका लागि युवापुस्ता डटेर लाग्नुपर्ने बताइन् । राजदूत थम्पसनले नेपाल यस क्षेत्रको उदाउँदो तारा भएको उल्लेख गर्दै समृद्ध र लोकतान्त्रिक नेपाललाई सघाउन अमेरिका तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?